विपद् व्यवस्थापन समितिलाई खाद्य सामग्री हस्तान्तरण

रासस

बनेपा

जिल्ला विपद् व्यवस्थापन समितिलाई  काभ्रे रियलस्टेटले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी 
हुमागार्ईँलाई खाद्य सामग्री हस्तान्तरण गरेकी हुन्।

सो क्रममा १७ बोरा चामल, एक बोरा नुन, दुई बाकस तेल, एक बोरा आलु र दुई बोरा मस्यौरा धुलिखेलस्थित नेपाली सेना विष्णु दल गणका कर्णेल सुवास खड्काको उपस्थितिमा हस्तान्तरण गरिएको हो। सो सामग्री शुक्रबार बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईँले प्राप्त सामग्री क्वारेन्टाइनमा बसेकाहरुलाई वितरण गरिने बताए।

प्रकाशित मिति: : 2020-03-29 01:29:10

प्रतिकृया दिनुहोस्