कोरोनाका कारण पहिलो राजपरिवारको सदस्यको निधनः स्पेनी राजकुमारी मारिया रहिनन्

कोरोना भाइरसका कारण पहिलो राजपरिवारको निधन भएको छ। स्पेनको राजपरिवारको सदस्य राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण ८६ वर्षको उमेरमा शुक्रबार मृत्यु भयो। 

इटालीपछि पछिल्लो समय स्पेनमा कोरोनाको संक्रमण द्रुतगतिमा बढिरहेको छ। हालसम्म ५ हजार ६ सय ९० जनाको निधन भइसकेको छ। 

यही अवस्थामा राजकुमारी मारियाको पनि निधन भएको हो। उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक्रबार भएको पुष्टी गरेका छन्। शुक्रबार मात्र स्पेनमा कीर्तिमानी ७ सय ६९ जनको निधन भएको थियो। यस्तै, २४ घण्टाभित्र ८ हजार नयाँ संक्रमणकारी फेला परेका थिए। 
 

प्रकाशित मिति: : 2020-03-29 10:28:49

प्रतिकृया दिनुहोस्