लकडाउनकाे पालना सबैले गराैँ: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन्।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि यस घातक रोगबाट उच्च जोखिम रहेको बताइरहेको सन्दर्भमा उनले सबैले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण,  उपचारलगायतको कार्यमा गरिरहेको भन्दै यो अवस्थामा नआतिन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका छन् । 

‘यस विषम परिस्थितिको सामना गर्न सरकार, सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आम सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सकारात्मक भूमिका र साथ जरुरी हुन्छ,’ उनले भने,‘ विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित राख्न सम्पूर्णमा अनुरोध गर्दछु।’

यस्तै उनले रोगको पहिचान, परीक्षण र उपचार गर्न ‍औषधी, प्रयोगशाला सामाग्री र पीपीई लगायतका सामानहरु देशभरका अस्पतालमा पर्याप्त मात्रमा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी रहेको बताए।

प्रकाशित मिति: : 2020-03-30 01:36:09

प्रतिकृया दिनुहोस्