चीनबाट ल्याइएकाे औषधि र पीपीई आजै ७ वटै प्रदेशमा पठाइने

बिएल संवाददाता

काठमाडाै‌ं

चीनबाट ल्याइएकाे औषधि र पीपीई आजै नेपाली सेनको हेलिकप्टरबाट ७ वटै प्रदेशमा पठाइने भएको छ।

आइतबार बिहान चीनबाट आएका औषधि, मास्क, पीपीई लगायतका औषधि जन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै वटा प्रदेशमा पठाउन लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आपूर्ति महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए।

‘हामीले सामानहरू प्रकृयामा राखेका छौं,’डोटेलले भने, ‘ती सामानहरू प्रकृयागत रुपमा बुझिसकेपछि सातै प्रदेशमा पठाउछौं।’

शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको ए ३३० वाइडबडी जहाज आज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियाे। 

औषधि र अन्य मेडिकल सामग्री बोकेर जहाज हिजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने बताइएकाे थियाे, तर केही समय हाेल्ड गरेर फर्किएकाे हाे। चीनको ग्वाङझाओबाट चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीइ, कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक १२ दशमलव ६६ टन  औषधि र अन्य मेडिकल उपकरण सहित विमान आइपुगेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बिएल नेपाली सेवालाई जानकारी दिए। 

सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रकृया शुक्रबारबाट धरानमा सुरु गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति: : 2020-03-30 01:50:13

प्रतिकृया दिनुहोस्