बुटवलमा आइसोलेसनमा राखिएका एक व्यक्तिको मृत्यु

बुटवलमा रहेको अस्थायी आइसोलेसन अस्पतालमा उच्च ज्वरोका कारण आइतबार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैनाका ३४ बर्षका बाबुराम थापा रहेका छन्।

दुबइबाट गत चैत ७ गते नेपाल आएका थापालाई ज्वरो आएपछि १३ चैतमा रामनगरस्थित धागो कारखानामा अस्थायी आइसोलेसन अस्पतालमा भर्ना भएका थिए।

उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारेमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पताल स्रोतले बताएको छ। आज बेलुकासम्म उनको रिपोर्ट आउने सँभावना रहेको स्रोतको भनाइ छ।

उनी दुबइमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्दै आएको पनि खुलेको छ।
 

प्रकाशित मिति: : 2020-03-30 03:53:55

प्रतिकृया दिनुहोस्