बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

बेलायतमा एक नेपाली इन्जिनियरको मृत्यु भएको छ। 

कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका ६३ वर्षीय केदार पन्तको एक स्थानिय अस्पतालमा शनिबार मृत्यु भएको हो। उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ। 

नेपालकार लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए।

हालसम्म बेलायतमा कोरोनाकै कारण दुई नेपालीको मृत्यु भैसकेको छ। बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २८ पुगेको छ।

प्रकाशित मिति: : 2020-03-29 22:42:32

प्रतिकृया दिनुहोस्