विदेशबाट आएका ३७ विद्यालयको क्वारेन्टाइनमा

भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई जुनिचाँदे गाउँपालिकाले विद्यालयमा क्वारेन्टानमा राखेको छ । 

गाउँपालिकाभरि विदेशबाट आएकाको लगत सङ्कलन कार्य सकाएर आइतबार सबैलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। 

वडा नं १ मा दुई, २ मा छ, ३ मा छ, ५ मा दुई, ६ मा नौ, ८ मा एक, ९ मा पाँच र ११ मा पाँच जनालाई ११ विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका सबैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने जनाइएको छ । भारतबाट ३४ र तीन जना अन्य मुलुकबाट आएको बताइएको छ । वडा ११ का तीन जना अन्य मुलुकबाट आएका हुन् ।  

प्रकाशित मिति: : 2020-03-30 10:02:44

प्रतिकृया दिनुहोस्