चीनबाट ल्याएको सामान लिएर धनगढी उडेकाे सेनाको विमान बिचबाटै फर्कियो

बिएल संवाददाता

काठमाडाै‌ं

चीनबाट ल्याएको सामान बोकेर धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको छ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हो।

सरकारले आइतबार ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको थियाे। तर विमान रहेको सामनकाे केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

पीपीई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यसतर्फ गएको थियो।

प्रकाशित मिति: : 2020-03-30 11:01:58

प्रतिकृया दिनुहोस्