आफैँ चालमका बोरा बोकेर आश्रममा पुगे डीआईजी

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको पहलमा काठमाडौंस्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरिएको छ।

पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगेका थिए।  डीआईजी पोखरेलले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेका आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए। 

उपत्यकाको तीन जिल्लाका गरी आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन्। मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन्। 

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ। त्यस्ता सङ्घसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताए।

कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाइन १०० मा खबर गर्न आग्रहसमेत डीआईजी पोखरेलले आग्रह गरेका छन्। वास्तविक समस्या भएकाहरुलाई भने सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-30 12:51:04

प्रतिकृया दिनुहोस्