सुडान मिसनमा खटिएका सेनाका लेफ्टिनेन्ट कर्णेलको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

संयुक्त राष्ट्रसङ्घ(यूएन)को सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल)को निधन भएको छ। ९ महिनाअघि सुडान मिशन मुख्यालयमा  विष्ट ‘स्टाफ अफिसर’ का रूपमा खटिएका रिदेश विष्टको हृदयघातबाट निधन भएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले  उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको जनाएको छ।

अहिले उनको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको छ । निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र यूएनले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ। मिशन मुख्यालयले भने आइतबार नै यूएनको सम्मान दिँदै प्रमुख सेनानी विष्टलाई अन्तिम श्रदान्जली दिएको छ।

उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ। सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका प्रमुख सेनानी विष्टको सानेपाका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: : 2020-03-30 13:20:35

प्रतिकृया दिनुहोस्