‘होम क्वारेन्टाइन’मा बस्न घर–घरमा पत्राचार

रासस

गलकोट

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमा हुन नदिन बागलुङ जिल्लामा थप सजगता अपनाउन थालिएको छ।

हालसम्म पुष्टि भएका सो भाइरसका पाँच जना सङ्क्रमित मध्ये एक युवती जिल्लाको भएसँगै बागलुङ नगरपालिकाले वडा वडामा थप सजगता अपनाउन थालेको नगरपालिकाले जनाएको छ। 

 नगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ। 

 वडा नं ८ सिगानाको कार्यालयले आफ्नो वडा भित्र विदेशबाट आएका १३ जनालाई पत्रचार गरेर घरमै सुरक्षित रुपमा ‘होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ।
 
विदेशबाट आएकाको तथ्याङ्क सङकलन गरी वडा सदस्य मार्फत घर–घरमै  पत्र पठाइएको वडा अध्यक्ष राजन जिसीले जानकारी दिए।

'विदेशबाट आएकालाई पत्रपठाएर घरमै होम क्वारेन्टाइनमा बस्न भनिएको छ' उनले भने 'सबै नागरिकलाई पत्राचार, माइकिङ गरेर घरमै बस्न भनिएको छ।'

सचेतना समन्वय समितिका अनुसार नगरपालिकाले गरेको निर्देशन तथा सर्तकता अनिवार्य पालना गर्नका लागि आम नागरिकलाई आग्रह गरिएको छ।  

विभिन्न देशबाट यहाँ सबै जनालाई पत्रचार गरिएको हो। पत्रको अवेज्ञा गरेमा घरमै सुरक्षाकर्मीसहितको टोली परिचालन गरिने समेत बताइएको छ। 

नगरभित्र लकडाउनको समयमा जुवाँ तास , क्यारेमबोड, भलिवल, फूटवल खेल्ने जस्ता कार्य, बैठक तथा  सामुहिक पूजाआजा नर्गन निर्देशन भइसेकेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए। कोरोनो भाइरसको सम्भावित जोखिम हुन  नदिन सबैजना घरमै बस्नुपर्छ उनले भने।

प्रकाशित मिति: : 2020-03-30 13:48:06

प्रतिकृया दिनुहोस्