अमेरिकामा कोरोनाको कारण पहिलाे नवजात शिशुको ज्यान गयाे

बिएल संवाददाता

न्युवाेर्क

अमेरिकामा कोरोना भाइरसको कारण नवजात शिशुको ज्यान गएको छ। अमेरिकाको सिकागोमा कोरोनाको कारण शनिबार नवजात शिशुको ज्यान गएको इलोनिस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक न्गोज एजिकेले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।

अहिलेसम्म अमेरिकामा कोरोनाको कारण नवजात शिशुको ज्यान गएको यो पहिलो घटना हो। एजिकेले शिशुको मृत्युको विषयमा पूर्णरुपमा अनुसन्धान भइरहेको बताएका छन्।

यसअघि चीनको वुहानमा पनि १० महिनाको शिशुको कोरोना भाइरसको कारण ज्यान गएको थियो। उक्त शिशुलाई अस्पतालमा भर्ना गरिएको ४ सातापछि ज्यान गएको थियो।
 

प्रकाशित मिति: : 2020-03-30 15:50:11

प्रतिकृया दिनुहोस्