उत्तरप्रदेशको रामपुरमा ९२ जना नेपाली अलपत्र

भारतको उत्तरप्रदेशको रामपुरमा ९२ जना नेपाली अलपत्र परेका छन्।

भारतमा कोरोना भाइरस संक्रमणका बिरामीहरू दिनानुदिन बढिरहेका छन्। प्रकाशित बिभिन्न तथ्यांक अनुसार भारत पनि कोभिड–१९ को उच्च जोखिममा रहेको छ। लामो बन्दाबन्दीले यहाँको जनजीवनमा निकै कस्टकर बनिरहेको छ। बाहिर हिँडडुल गर्ने अवस्था नै छैन।

भारतको हरियाणा राज्यको फरिदावाद जिल्लामा कार्यरत उनीहरू डकडाउन भएसँगै रामपुर पुगेर अलपत्र भएको उमेश रावलले जानकारी दिए।

आइतबार राति ९ बजे हरियाणाबाट हिँडेका उनीहरू सोमबार उत्तरप्रदेशको रामपुर पुगेका हुन्।

गर्भवती महिना, केटाकेटी र वृद्धासमेत रहेको टोली रामपुरको एउटा छात्राबासमा असुरक्षित अवस्थामा रहेका रावलले जानकारी दिए।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कयौं पटक फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएको उनीहरूको गुनासो छ।

उनीहरू एउटा भारतीय गाडीलाई ४५ हजार भाडा दिएर त्यहाँसम्म पुगेका हुन्। गाडी मालिकले उक्त पैसामा सीमासम्म पुर्‍याउने बाचा गरेपनि बिच बाटोमै छोडेपछि उनीहरू अलपत्र परेका हुन्।

लकडाउनको समयमा प्रहरीले बाहिर हिँडडुल गर्न नदिएर एउटा बन्द कोठामा थुनेर राखेको छ।

खाना र पानीसमेत नपाएका उनीहरू भोकभोकै बन्द कोठामा बसेका छन्।

नेपाल सरकारले उचित पहल गरेर आफूहरूलाई स्वदेश पुर्‍याउनुपर्ने उनीहरूको माग छ।

मुम्बईमा अलपत्र परेका प्रवासी नेपाली गाउँ फर्किन चाहन्छन्। उनीहरुका दिल्ली दूतावासलाई गुनासै–गुनासा छन्। १४ वर्षदेखि मुम्बईमा बसोबास गरिरहेका नामकर खनालले दिल्ली दूतावासलाई फोन नउठाएकोमा आक्रोश पोखे।

दिल्ली दूतावास मार्फत नेपाल सरकारले नै गाउँ फर्काउने वा सुरक्षित स्थान मै राख्ने ब्यवस्था गर्नुपर्ने उनले बताए। भारतका बिभिन्न शहरहरुमा बन्दाबन्दीको कडाइ गरिएको छ।

प्रकाशित मिति: : 2020-03-30 23:56:25

प्रतिकृया दिनुहोस्