बहराइनमा ३ नेपालीमा कोरोना नभएको पुष्टी

बिएल संवाददाता

मान्मा (बहराइन)
फाइल फाेटाे।

बहराइनमा कार्यरत तीन नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी हुन नसकेपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन्। 

यसअघि मान्मामा तीन नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको राजदूत पद्म सुन्दासले जानकारी दिएका थिए। तर, उनीहरूको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी गराए। 

मान्मास्थित नेपाली दुतावासका अनुसार बहराइनमा हाल ५ सय १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ, जसमा २ सय ९५ जना उपचारपछि पूर्ण स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्। यसमा ४ जनाकाे भने ज्यान गएकाे छ।

खाडी मुलुकहरूमा संक्रमितमध्ये सबैभन्दा धेरै स्वास्थ्य लाभ गरेर घर फर्किने संख्या बहराइनमा राम्रो छ। हाल बहराइनमा करिब ३५ हजार नेपाली विभिन्न रोजगारीमा छन्। 

प्रकाशित मिति: : 2020-03-31 07:48:12

प्रतिकृया दिनुहोस्