रामेछापमा जीप दुर्घटना : ३० जना घाइते, उपचारको क्रममा दुईको ज्यान गयो (नामवलीसहित)

खाँडादेवी गाउँपालिका १ राकाथुमको माझीगाउँमा मंगलबार जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ।

जीप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका २ की संगिता पहरी र त्यही गाउँका अर्का नाम नखुलेका एक पुरुषको उपचारको क्रममा ज्यान
गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टेकेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार संगिताको उपचारको क्रममा धुलिखेल अस्पतालमा र अर्का पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा ज्यान गएको हो।

मंगलबार बिहान भएको भक्तपुरबाट रामेछापको दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जीप खाँडादेवी गाउँपालिकाको राकाथुमको माझी बस्तीमा दुर्घटना भएको हो। जीपमा सवार ३० जना घाइते भएका थिए।

प्रकाशित मिति: : 2020-03-31 14:35:34

प्रतिकृया दिनुहोस्