कोभिड –१९ : क्वारेन्टाइनमा बस्न आग्रह

रासस

पाँचथर

कोरोना भाइरस (कोभिड –१९ ) नियन्त्रण, रोकथाम तथा प्रतिकार्य समन्वय समिति पाँचथरले भारत लगायत अन्य देशबाट जिल्ला आएकालाई क्वारेन्टाइनमा बस्न पुनः आग्रह गरेको छ।
 
समितिका अनुसार सोमबारसम्म चैत महिना सुरु भएपछि १४९ जना विदेशबाट यहाँ आएका छन्। यहाँ आएकामध्ये ५४ जना क्वारेन्टाइनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा बसेका छन्। 

तीन जना आइसोलेसन तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वारेन्टाइनमा छन्। बाँकी  सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन्। सम्भावित कोरोना भाइरसके जोखिमबारे उनीहरुले सतर्कता अपनाए÷नअपनाएको र सचेत रहे÷नरहेको प्रष्ट छैन।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा रहन पुन आग्रह गरे। उनले विदेशबाट फर्किका सबै क्वारेन्टाइनमा नरहनु चिन्ताको विषय भएको बताए। 

'सबैलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने कुरा पनि भएन' प्रजिअ शर्माले भने, 'सबै पक्षको प्रयासमा सबैलाई क्वारेन्टाइनमा ल्याउन  प्रयास भइरहेको छ।'

 जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय स्तरका स्वयम्सेवक विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा पु¥याउन प्रयत्नशील रहेको उनको भनाइ छ। 

'विशेषतः स्थानीय तहले सक्रियता देखाउनुपर्ने आवश्यकता छ' प्रजिअ शर्माले भने। चैत महिना लागेपछि ३९ जना विदेशबाट  फिदिम नगरपालिका आएको नगरपालिकाकै तथ्याङ्क छ। 

फिदिममा होम क्वारेन्टाइनमा चार जना तथा क्वारेन्टाइनमा ११ जना छन्। बाँकी सबै क्वारेन्टाइन बाहिर छन्। 'कतिपय उक्त समयभन्दा अगाडि आएका पनि छन्। कतिपय सचेत मानिस पनि छन्' नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले भने, 'हामी सचेततापूर्वक घरैमा बस्छौँ भन्नेलाई जवरजस्ती गर्न पनि भएन्।'
 
यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकामा ३१ जना उक्त अवधिमा विदेशबाट आएकामा दुई जना होम क्वारेन्टाइन तथा छ जना क्वारेन्टाइनमा छन्।

 फाल्गुनन्द गाउँपालिकामा २१ जना विदेशबाट आएकामा नौ जना होम क्वारेन्टाइन तथा तीन जना क्वारेन्टाइनमा छन्। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ सोमवारबाट मात्रै क्वारेन्टाइनमा राख्न थालिएका कारण केही मानिस बाहिर रहेको बताउछन्। 

कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा भने विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखेको पाइएको छ। 'हाम्रोमा छ जना विदेशबाट आउनुभएकोमा उहाँको परिवार सहित नौ जनालाई क्वारेन्टाइनमा राखेका छौँ'  मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले भने।

सोगाउँपालिका बाहेकका स्थानीय तहले विदेशबाट फर्किएकाको सम्पर्कमा पुगेकालाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्न ठोस पहल गरेका छैनन्।

 भारतबाट आएकाबारे यकिन तथ्याङ्क समेत छैन्। जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीयको भारतको सिक्किम र दार्जिलिङसँग पारिवारीक तथा व्यापारिक सम्बन्ध रहने गरेको छ। 

भारतबाट जिल्लाको चिवाभञ्ज्याङ नाका हुँदै आएको विवरण सीमा प्रहरी चौकीले राखेपनि लुकिछिपी आउने तथा फालेलुङ क्षेत्रबाट स्वदेश प्रवेश गर्नेको तथ्याङ्क समेत छैन्। 

अधिकारकर्मी मंगल बेघा विदेशबाट फर्किएकामा सचेतना विस्तार अत्यावाश्यक रहेको ओल्याऊछन्। 'नयाँ किसिमको रोग भएकाले यसको लक्षण, समस्या र बच्ने उपायबारे ग्रामीण क्षेत्रमा सचेतनाको कमी छ' उनले भने, 'स्थानीय तहले सचेतना पु¥याउनु पर्छ। विदेशबाट फर्किएकालाई राम्रोसँग बुझाउनुपर्छ।'

 उनीहरुलाई राख्ने क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड अनुसार निर्माण गर्नुपर्ने र मापदण्ड पुगेका क्वारेन्टाइनमा शङ्कास्पद सबै जना बस्ने प्रवन्ध गर्नुपर्नेमा  अधिकारकर्मी बेघाको जोड छ। 

विदेशबाट फर्किएकाहरु क्वारेन्टाइन नआउँदा उनीहरुका कारण गाउँ आतङ्कित हुने अवस्था छ' उनले भने।  विदेशबाट फर्किएका एक तिहाई भन्दाबढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहदा चुनौती रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-03-31 14:36:04

प्रतिकृया दिनुहोस्