अमेरिकामा कोरोना भाइरसबाट एकैदिन १,०४६ को मृत्यु, मर्नेको संख्या ५,१००

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा पछिल्लो ८ घण्टामा कोरोना भाइरसले १०४९ को ज्यान लिएको छ। अमेरिकामा एकैदिन मृत्यु हुनेको यो कीर्तिमानी संख्या हो। यो संख्या सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१०२ पुगेको छ। मंगलबार मृत्यु हुनेको संख्या ९१२ थियो ।  

पछिल्लो सातादेखि कोरोना भाइरसको विश्व इपिसेन्टर बनेको अमेरिकामा २१५,००३ लाई कोरोना संक्रमण भैसकेको छ। पछिल्लो ८ घण्टामा २६३०६ नयाँ  संक्रमित भेटिएका छन्। मंगलबार २४,७४२ जना नयाँ संक्रमित पाइएका थिए। 

विश्वभर १९३,९८९ कोरोना संक्रमित निको भएर घर फर्केका छन्। यो तथ्यांकचाँहि सबैका लागि प्रेरणादायी छ। यसले देखाउँछ, धेरै मानिसले कोरोनामाथि विजयप्राप्त गरिरहेका छन्। 

यसैबीच अमेरिकामा कोरोना संक्रमणबाट विजय प्राप्त गर्नेको संख्या पनि ८८७८ पुगेको छ। यो समाचार तयार पारिरहेको बेला अमेरिकामा गम्भीर विरामीको संख्या ५००५ छ। हरेक तथ्यांक डरलाग्दा भए पनि मृतकको संख्या भने प्रति १० लाखमा अझै पनि १५ मात्र रहेको छ। 

अमेरिकामा कोरोना संक्रिमत र मृतको ग्राफ ठाडो उकालो चढिरहेको छ। ह्वाइट हाउसमा प्रेस व्रिफिङका बेला राष्ट्रपति ट्रम्प आउँदो दुई साता थप भयावह हुने बताइरहेका छन्। उनका दायाँ बायाँ उभिने दुई डाक्टर ढुक्कले अमेरिकामा कम्तीमा एक लाखको मृत्यु हुने बताउँछन्। 

यो समाचार तयार पारिरहेको बेलासम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७,१८९ पुगेको छ भने संक्रमितको संख्या बढेर ९३५०२२ पुगेको छ। इटालीमा मात्र १३१५५ को मृत्यु भएको छ भने त्यसपछि स्पेनमा ९३८७ मानिसको ज्यान गएको छ। यी दुईलाई अमेरिकाले पछ्याउँदै ५१०० अमेरिकी गुमाइसकेको छ। 

यसैबीच विश्वभर १९३९८९ कोरोना संक्रमित निको भएर घर फर्केका छन्। यो तथ्यांकचाँहि सबैका लागि प्रेरणादायी छ। यसले देखाउँछ, धेरै मानिसले कोरोनामाथि विजयप्राप्त गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-04-02 06:27:44

प्रतिकृया दिनुहोस्