मेडिकल सामान खरिदमा महानिर्देशक श्रेष्ठको भूमिका शंकास्पद

नेपाल लाइभ

काठमाडौँ

उत्तम काप्री

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सामान खरिद प्रकरणमा प्रतिवाद गर्नदेखि लिएर ओम्नी इन्टरनेसनलसँगको ठेक्का रद्दको घोषणासम्म फ्रन्टलाइनमा देखिए स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ।

खरिद प्रकरण विवादमा तानिएपछि कुनै बदमासी नभएको भन्दै प्रतिवाद गर्ने उनले बुधबार लोलाउँदै ठेकेदारले भने अनुसारको काम नगरेको भन्दै ठेक्का रद्दको घोषणा गरेका थिए। समयमा सामान ल्याउन सम्भावना नभएको बहाना भए पनि ठेक्का रद्द हुनुको भित्री कारण भने सामग्री खरिदमा भएको मिलेमतो सार्वजनिक हुने भय बढी देखियो। 

प्रकाशित मिति: : 2020-04-02 08:20:43

प्रतिकृया दिनुहोस्