संस्कृति, कोभिड–१९ र परिवर्तन

पूर्ण रावल

मुम्बई(भारत)

दर्शन र संस्कृतीका दृष्टिले संसार दुई भागमा बाँंडिएको छ । पूर्वीय दर्शन र संस्कृतिले पश्चिमाहरूको जीवनशैली, जीवनप्रतिको दृस्टिकोण र संस्कृतिलाई हिन देख्छ। पश्चिमाहरू यो मामिलामा अझ बढि नै आक्रामक छ्न्। उनीहरूले वर्षौँदेखि हिन्दु र बौद्ध धर्मभन्दा इसाई धर्म उन्नत, पूर्वीय संस्कारभन्दा पश्चिमा जीवनशैली विकसित र वैज्ञानिक भनेर दावीमात्र गरेका छैनन्, त्यसलाई प्रमाणित गर्न कुनै कसूर छोडेका छैनन् ।

हामी बुझौं या नबुझौं–उनीहरूले हिजोदेखि आजसम्म पूर्वीय मुलुक माथी गरेका सम्पूर्ण आक्रमण, शासन र शोषण वास्तवमा पूर्वीय सभ्यताविरूद्ध हमला हुन् । पूर्वी गोलार्धका देश, सभ्यता, संस्कृति, खानपिन र जीवनशैलीलाई घृणाका आँखाले हेर्ने पश्चिमा राष्ट्रले जुनसुकै बहानामा  कोरिया, अफगानिस्तान, इरान, इराक, रूस, चीन, भियतनाम आदि मुलुकमाथि गरेका युद्ध र आक्रमणको अन्तस्प्रेरणा दर्शन र सभ्यता नै हो ।  वर्तमान विश्वका रूस, चीन, इरान र उत्तर कोरिजस्ता मुलुकविरूद्ध भइरहेका विभिन्न खाले प्रहार पनि त्यही विभाजनका परिणाम हुन्। 

चीनको उहानमा पहिलो पटक देखा परेको कोभिड–१९ ले पश्चिमा दृष्टिकोणमा थोरै भएपनि परिवर्तन ल्याइसकेकाे छ । पुर्वीय मुलुकले उक्त भाइरसविरूद्ध जुन लडाईँ लडे, पश्चिमाले त्यो लडाईँ लड्न सकिरहेका छैनन् । फलत: कोभिड–१९ को मृत्युदायी पन्जा दक्षिण एशियाली मुलुक, मध्य पूर्वी राष्ट्र तथा दक्षिण–पुर्वी एसियाली मुलुकको तुलनामा पश्चिमा मुलुकमा बलियो हुँदैगइरहेको छ । विज्ञानले अध्य्यन अनुसन्धान गर्दै जाला–एसियाली मुलुकमा कोभिड–१९ नियन्त्रण उन्मुख हुनु र पश्चिमा मुलुकमा अनियन्त्रित बन्नुमा दर्शन, संस्कृती र जीवनशैलीको ठूलो योगदान रहेको छ।

हालैका दिनमा कोभिड–१९ आक्रान्त पश्चिमा दृस्टिकोणमा हालैका दिनमा एउटा परिवर्तन आएको छ । यो परिवर्तन सम्पूर्ण विश्वकै लागि सुखद सावित समेत हुने छ।केही दिनयता पश्चिमी सामाजिक सञ्जालमा भाइरल भएको यो पोस्टबाट उनीहरूमा आएको परिवर्तनलाई ठम्याउन सकिन्छ।

कोभिड–१९ ले स्पस्ट पारेका कुरा । 

१‍. अब अमेरिका महाशक्ती राष्ट्र रहेन ।
२. चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् ।
३. रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन् ।
४, उपचारले भन्दा रोकथामले बढिभन्दा बढी जिन्दगी बचाउने रहेछ।  
५.देशलाई फुटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन्।
६. युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न्।
७. थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।
८. बालबालिकालाई विशेष प्राकृतिक वातावरण दिइनुपर्ने रहेछ ।
९. उपभोक्ता छैनन् भने जाबो तेल भन्ने कुरो त केही रहेन छ।
१०. यो मृत्यु भन्ने कुरोले धनी, गरिब, कालो, गोरो केही नभन्ने रहेछ ।
११. फेरि यो मान्छे भन्ने जन्तु एकदम अवसरवादी र निच रहेछ। मै हुँ भन्ने पनि मोल बढाउन पाउँदा मख्खै पर्दो रहेछ्न्। 
१२. हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ।
१३. सामाजिक सञ्जालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ। तर सन्त्रास पनि उत्तिकै बढाउने रहेछ।
१४. बल्ल थाहा भयाे, चिडियाखानामा बन्द जनावरलाई कस्तो हुँदो हो। 
१५. आजकालका केटाकेटीलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केही चलाउन नआउँदो रहेछ।
१६. यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन्।
१७. स्वास्थ्यकर्मी एक्लै छन्, उनीहरूलाई कसैले वास्तै गरेका छैनन्  तर उनीहरू रोगविरूद्ध लडिरहेकै छन्।
१८. कुनै पनि पादरी, इमाम (मुस्लिम धर्म गुरू) र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन्।
१९. यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ। 
२०. धर्तीको खास भाइरस चै मान्छे नै हो रहेछ। 
२१. मान्छे नभइदिएको भए यो धर्ती छिट्टै पूर्बस्थितिमा पुग्ने रहेछ।
२२. हामीसँग त महामारीका लागि कुनै तैयारी रहेनछ। 
२३. नेताहरू त जनताको ज्यानै मारेर पनि विरोधीको खुट्टा तान्दा रहेछ्न्।
२४. हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नुपर्ने रहेछ। 
 

प्रकाशित मिति: : 2020-04-02 14:09:33

प्रतिकृया दिनुहोस्