स्वदेश फर्कने पाँच हजार 

रासस

कञ्चनपुर

कञ्चनपुरमा भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कनेहरुको सङ्ख्या ४ हजार ७९२ रहेको छ।  विवरण अनुसार भारतसहित युएई, जर्मनी, साउदी अरब, मलेसियालगायत मुलुकबाट ती व्यक्तिहरु स्वदेश फर्केका हुन्। भारतबाट फर्कनेको सङ्ख्या सबैभन्दा बढी छ।

विदेशबाट फर्कनेमा शुक्लाफाँटा नगरपालिकामा ७५०, भीमदत्त नगरपालिकामा ७२०, महाकाली नगरपालिकामा ३६०,  बेदकोटमा ७५५, कृष्णपुरमा ८१९, पुर्नवासमा ७३०, बेलौरी नगरपालिकामा २६९, लाझाडी गाँउपालिकामा १३४ र बेलडाँडी गाँउपालीकामा २५५ जना रहेका छन्।

 नौवटै स्थानीयमा क्वारेण्टाइनको बेड संख्या ३४३, क्वारेण्टाइनमा रहेका व्यक्तिको सङ्ख्या ५१ र आइसोलेसनको वेड संख्या ३१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए। उनका अनुसार महाकाली अस्पतालमा आइसेलेसन वेड सङ्ख्या आठ र आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या दुई रहेको छ।

नौ जनाको स्वाब परीक्षण 

महाकाली अस्पतालबाट हालसम्म नौ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब पठाइएकामा छ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ। तीन जनाको रिर्पोट आउन बाँकी रहेको छ। कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका कञ्चनपुरका १९ वर्षीय युवकको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-04-02 16:53:22

प्रतिकृया दिनुहोस्