कोरोना संक्रमित ६ मध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका थिए

नेपालमा कोरोना भाइरसको संक्रमितको पुष्टि भएका ६ जनामध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका खुल्न आएको छ।

पछिल्लो पुष्टि भएको संक्रमित गएको चैत ४ गते कतारको दोहा हुँदै काठमाडा‌ैं आएकी बाग्लुङ गौंडाकोटकी ती ६४ वर्षीया महिलामा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यता साेही  दिन कतारबाट आएको क्यू आर ६५२ जहाजबाट  आएका धनगढीका एक युवकलाई संक्रमण भएको थियो। उनकाे धनगढीमा नै उपचार भइरहेको छ। 

यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। यसअघि कोरोना देखिएकी युवतीकी नातेदार हुन्।

'उहाँहरू नातेदार हो। संक्रमित युवतीकी दिदी-बहिनी कसैको बिहे आज संक्रमण पुष्टि भएकी महिलाका जेठा छोरासँग भएको रहेछ,' बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने।

अहिले ती संक्रमित महिलाको अवस्था सामान्य रहेको र  उनी होम क्वारेन्टाइनमा बसेको मेयर पौडेलले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। कोरोना संक्रमित ६ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन भने पाँच जनाको उपचार भइरहेको छ। उनीहरको स्वास्थय अवस्था सामान्य रहेको डाक्टरले बताएका छन्।

प्रकाशित मिति: : 2020-04-02 19:15:03

प्रतिकृया दिनुहोस्