स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्दैन र!

घुस लिन स्वीकार गरेकाले सजायको भागीदार : कानुनविद्

नेपाल लाइभ

काठमाडौँ

दुर्गा दुलाल

अघिल्लो दिनसम्म भ्रष्टाचार भएको भए फाँसी चढ्न तयार भएको भनेर टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका स्वास्थ्य सेवा विभागका महानिर्देशकले बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा ओम्नीसँग गरिएको मेडिकल सामग्री खरिदको सम्झौता रद्द गरेको सार्वजनिक गरे। बिहीबार खरिदको नयाँ प्रक्रिया शुरु गर्ने बताएको सरकारले खरिदको जिम्मा सेनालाई सुम्पियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी त परेको छ। तर सत्ताधारी जोडिएको अनियिमतताको अनुसन्धानमा अख्तियारको साख राम्रो छैन पछिल्लो समय। स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा ओम्नी इन्टरनेशनलको प्रवेशसँगै शुरु भएको अनियमितताको विवाद टेण्डर रद्धसँगै एकाएक सामसुम गराउने मुडमा देखिन्छन् सरकारी अधिकारी । ठेक्का रद्धको कारण अनियमितता भन्दा पनि समयमै सामान ल्याउन नसक्नु भनेर विषयान्तरमा बल लागिरहेको छ अहिले। 

प्रकाशित मिति: : 2020-04-03 10:13:23

प्रतिकृया दिनुहोस्