मन्त्रिपरिषद् बैठक: बेग्लाबेग्लै टेबल, कम्तीमा तीन मिटरको दूरी

बिएल संवाददाता

काठमाडाै‌ं

मन्त्रिपरिषद्को बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। लकडाउन लम्ब्याउने र मेडिकल उपकरण खरिदबारे निर्णय गर्न बैठक बसेको हो।

प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठकको तस्बिर सार्वजनिक गरेको छ जहाँ मन्त्रीहरु बेग्लाबेग्लै टेबलमा कम्तीमा तीन मिटरको दूरीमा बसेर बैठक गरिरहेका छन्।

चैत २५ गते मध्यरातसम्म तोकिएको लकडाउन एक हप्ता थप्ने र मेडिकल उपकरण खरिदका लागि सेनालाई औपचारिक रुपमा जिम्मा दिने लगायत विषयमा मन्त्रिपरिषद् बैठक केन्द्रित छ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार कम्तीमा ७ देखि १० दिनसम्म लकडाउन अवधि लम्ब्याउने गरी मन्त्रिपरिषद् बैठकमा छलफल चलिरहेको छ।

प्रकाशित मिति: : 2020-04-04 19:23:21

प्रतिकृया दिनुहोस्