शाहरुखले स्वास्थ्यकर्मीलाई ५० हजार पीपीई दिने, ५ हजार परिवारलाई खाना खुवाउने

बलिउडका सुपरस्टार शाहरुख खानले कोरोना भाइरसविरुद्ध लड्न विभिन्‍न चरणमा सहयोग गर्ने घोषणा गरेका छन्।

उनले  रेड चिल्ली इन्टरटेनमेन्टमार्फत एक ट्विट पोस्ट गर्दै भनेका छन्, ‘ मेरो टीम र मैले हाम्रो आफ्नै तरिकाले योगदान गर्ने उपायहरुबारे छलफल गरिरहेका छौँ। हामी विभिन्‍न चरणहरूमा आउनेछौं, यसले थोरै भए पनि मानिसको जीवनमा फरक आशा जाग्‍नेछ।’

उनले मुम्बइमा बसोबास गर्ने ५ हजार ५ सयभन्दा बढी परिवारलाई दैनिक खानाको व्‍यवस्था गर्ने बताएका छन्। यसका साथै त्‍यहाँ एक भान्साघर पनि स्थापना गरिनेछ जसले दैनिक घरहरू र अस्पतालहरूमा सेवा पुर्‍याउँछन्।

यता शाहरुखले स्वास्थ्यकर्मीहरूको लागि ५०,००० पीपीई उपकरणहरू आपूर्ति गर्न महाराष्ट्र र पश्चिम बंगालमा राज्य सरकारहरूसँग मिलेर काम गर्ने छन्।

प्रकाशित मिति: : 2020-04-05 08:26:23

प्रतिकृया दिनुहोस्