अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
बिएल संवाददाता
मानव सेवा आश्रमले ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ अभियान सुरु गरेको छ।
विगत लामो समयदेखि बेसहाराको सहारा गर्दैआइरहेको ‘चाडपर्वमा कोही नरहुन् सडक’ मा भन्ने मुल नाराका साथ उक्त अभियान सुरु गरेको हो।
उक्त अभियानलाई साथ दिँदै गत २६ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट मिलेको शुभकामनासहित अभियानको यात्रा प्रारम्भ भएको थियो।
यस अभियानमा आश्रमले गत २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी यात्राको शुभारम्भ गर्दै गत २८ गतेदेखि पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सुरु भएको थियो।
आगामी मङसिर–४ गतेसम्मको लागी उद्धारको यात्रा तय गरेका आश्रमका अभियान्ताहरूले ले पहिलोदिन मेचीनगरदेखि सुरुङगा क्षेत्रसम्म उद्धार कार्य गर्दा १० जना व्यक्तिको उद्धार गरिएको थियो। जसमा ३ महिला, ६ जना पुरुष र एक जना बालिका थिइन्।
त्यस्तै, दोस्रो दिन अर्थात गत २९ गते सोमबार बहिानैदेखि आश्रमका अभियान्ताहरुले झापाको दमक नगरपालिका, उर्लाबारी नगरपालिका र काने पोखरी गाँउपालिका परिसरबाट १३ जना सडक मानवको उद्धार गरेको थियो। त्यसदिन ७ पुरुष र ३ जना महिलाको उद्धार गरिएको थियो।
यससँगै, मानव सेवा आश्रमले मंगलबार विराटनगर, धरान र इटहरी क्षेत्रमा उद्धार गरेको छ। जसमा पुरुष ९ जना र महिला १ जना गरेर जम्मा १० जनालाई सडकबाट उठाएको छ।
त्यसैगरी उद्धारको तेस्रो दिनसम्म ३३ जना व्यक्तिको उद्धार गरिएको आश्रमले जनाएको छ। त्यस्तै, कोशी प्रदेश उदयपुर जिल्लामा गरिएको उद्धार कार्यमा बिहिबार १४ जना मानिसको उद्धार गरिएको छ। जसमा त्रियुगा नगरपालिकाका विभिन्न वडाबाट उद्धार संख्या १३ जना रहेको छ भने बेलाका नगरपालिका वडा न. ५ बाट १ जना बालिकाको उद्धार गरिएको छ।
यसरी मेची महाकाली राष्ट्रिय उद्धार यात्राको सूरुवात गरेको प्रदेश कोशी प्रदेशमा कुल ४७ जना सडक आश्रित मानिसहरूको उद्धार भएको छ। यात्रा निरन्तर मङसिर ४ गतेसम्म चल्ने भएकाले बिहिबारदेखिको यात्रा मधेस प्रदेशको लागी हुनेछ।


अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया