स्वास्थ्यकर्मीलाई नभई नहुने पीपीईको किन भइरहेछ दुरूपयोग ?

देखापढी

काठमाडौँ

विनय कुमार

कोभिड-१९ का बिरामीको जाँच र उपचार गर्ने स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को चरम अभाव भइरहेका बेला यसको दुरूपयोगका तस्वीर पनि सार्वजनिक हुन थालेका छन्। यसले जटिल अवस्थामा थप समस्या सिर्जना हुनसक्ने चिन्ता बढाएको छ। 

काठमाडौं। सामाजिक सञ्जालहरूमा २० चैतको दिन एउटा तस्वीर सार्वजनिक भयो। केही बेरमै उक्त तस्वीर भाइरल पनि भयो।

तस्वीरमा कालिकोटको पलाता गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएको दृश्य थियो।

स्वास्थ्यकर्मीलाई पीपीईको अभाव भइरहेका बेला जनप्रतिनिधिले लगाएको भन्दै आलोचना भएपछि पलाता गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नवीन चौहानले स्वास्थ्यकर्मीले मात्र लगाएको दाबी गरे।

प्रकाशित मिति: : 2020-04-05 18:19:23

प्रतिकृया दिनुहोस्