रंगेलीमा २५ बेडको  क्वारेन्टाइन

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइन स्थापना गरेको छ।

कोरोना नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि नगरपालिकाले २५ बेडको  क्वारेन्टाइन स्थापना गरेको हो। 

रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्पसको भवनमा २० बेड र रंगेली अस्पतालमा ५ बेडको क्वारेन्टाइन स्थापना गरिएको नगरपालिकाका मेयर दिलिप बगडियाले बताए। 

भारत तथा बिदेशबाट आएका जो कोहीलाई १४ दिनसम्म राख्नको लागि क्वारेन्टाइन स्थापना गरिएको उनले बताए। केही दिन अगडि रंगेली अस्पतालमा भारतको दिल्लीबाट आएका सुनबर्सी नगरपालिकाका तीन जनालाई क्वारेन्टाइनमा १४ दिनका लागि राखिएको छ। 

नगरपालिकाले उनीहरुका लागि निःशुल्क खानाको समेत ब्यवस्थापन गरेको छ। जनता क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा २४ घन्टा अहेव डाक्टरसहितको टिम र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिरामीहरुको निगरानी गरिने मेयर बगडियाले बताए।

 

प्रकाशित मिति: : 2020-04-06 09:00:47

प्रतिकृया दिनुहोस्