भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ। 

पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३  र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन  कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए।

यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ। भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ।

प्रकाशित मिति: : 2020-04-06 12:00:27

प्रतिकृया दिनुहोस्