लकडाउन उल्लघंन गर्ने ४८ जना ‘क्याचर स्टिक’मार्फत नियन्त्रणमा

लकडाउन उल्लघंन गरि घर बाहिर निस्कने तथा सडकमा हिँड्डुल गर्ने दुई महिलासहित ४८ जना व्यक्तिलाई प्रहरीले नियन्त्रयण लिएको छ। कोरोना भाइरस संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउन उल्लंघन बढेको गुनासो आएपछि प्रहरीले ‘इम्प्रोभाइज्ड म्यान क्याचर स्टिक’को प्रयोग गरेर नियन्त्रणमा लिन थालेको हो। 

आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको दुई दिनमा दुई महिलासहित ४८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  पहिलो चरणमा यो अभियान नेपालगञ्जका विभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिकसहित प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए।

‘पहिलो दिन पक्राउ परेका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिएको छ’ उनले भने, ‘अबदेखि लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन्छौं। यो प्रभावकारी समेत देखिएको छ। जिल्लाका अन्य स्थानमासमेत यो विधिको प्रयोग हुनेछ।’ 

ईलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउनको बेला सवारी चलाउनेहरुलाई कारबाही प्रक्रिया थालेको छ। नगरपालिकाका विभिन्न सडक क्षेत्रमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुका मोटरसाइकलको चाबि जफत गर्ने गरेको छ। कोहलपुरका प्रमुख डिएसपी कुलदेव चन्द अहिलेसम्म १ सय ५०  मोटरसाइकल तथा मोटरसाइकलका चावि नियन्त्रणमा लिइएको बताए। प्रहरीले लकडाउनको समयमा कामबाहेक बाहिर निस्किनेलाई पक्राउ गर्न थालेसँगै साँझपख बजारमा मानिसहरुको संख्या न्यून देखिन थालेको छ। 

लकडाउन अवधिभर अनावश्यक रुपमा घरबाहिर निस्कने जो कोहीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन म्यान क्याचर स्टिक प्रभावकारी रहेको बताउदै बाँके प्रहरीले अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न आग्रह गरेको छ। नेपालगञ्जबाट सुरु गरिएको यो अभियान जिल्लाका अन्य स्थानहरुमा समेत सुरु गरिने जिल्ला प्रहरी कार्यालय बाँकले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-04-08 17:53:54

प्रतिकृया दिनुहोस्