एनआरएन अध्यक्ष कुमार पन्त भन्छन्- विश्वभर पन्ध्र सय नेपाली कोरोना भाइरसबाट संक्रमित छन्

कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्वभर छरिएर रहेका नेपाली समस्यामा परेका छन्। मुलुकभित्र नाैजनामा मात्र कोरोना भाइरसको संक्रमण देखिए पनि नेपाल पनि उच्च जोखिमको स्थितिमा छ। यस्तो स्थितिमा विश्वभर रहेका नेपालीलाई संक्रमणबाट जोगाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) के गर्दै छ ? विश्वभर कति संख्यामा नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 
प्रस्तुत छ, जर्मनीमा रहेका संघका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष कुमार पन्तसँग गरिएको कुराकानी :

विश्वभर कति नेपाली कोरोना भाइरसबाट संक्रमित भएका होलान् ?
ठ्याक्कै तथ्यांक त हामीसँग पनि छैन। तर, हाम्रो अनुमानमा विश्वभर करिब पन्ध्र सयजना संक्रमित छन्। यसमध्ये सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ सात–आठ सय नेपाली संक्रमित भएको अनुमान गरेका छौँ। त्यसपछिको ठूलो संख्या स्पेनमा छ। त्यहाँ करिब दुई सय नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रकाशित मिति: : 2020-04-08 20:33:04

प्रतिकृया दिनुहोस्