कोहलपुरमा किशोरी बलात्कृत: एक पक्राउ, अर्का फरार


बाँकेको कोहलपुर नगरपालिका ११ की एक १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लकडाउनको समयमा २ जना युवकले ती किशोरीलाई घरमा बोलाएर सामुहिक रुपमा बलात्कार गरेका हुन्।

दाङको घोराही नगरपालिका ६ घर भई हाल कोहलपुर  ११ एकतानगर आफ्न्तको घरमा बस्दै आएका बर्ष १९ का अंकित गिरी र कोहलपुर ११ बस्ने २० बर्षीया आकाश मल्लले जबरजस्ती करणी गरेको भन्दै किशोरीले प्रहरीमा  सोमबार बिहान जाहेरी दिएकी छन्। 

उनीमाथि आइतबार साँझको  काम छ भन्दै मल्लको घरमा बोलाएर जर्वरजस्ती करणी गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ। 

किशोरीको स्वास्थ्य परिक्षण गरि प्रारम्भिक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

पीडित युवतीको जाहेरीको आधारमा आरोपित मल्ललाई पक्राउ गरिएको छ भने गिरी फरार छन्। 

प्रकाशित मिति: : 2020-04-08 22:20:06

प्रतिकृया दिनुहोस्