रिमालका आधा दर्जन ‘हाइकु’

फूलको लालि
भरेँ जूनको ज्योत्स्ना
तरुणाइमा। 

इन्द्रेनीसङ्ग
मागेर सातै रङ्ग
भरेँ उमङ्ग। 

यो काली मोरी
जुनेली पहिरेर
उज्याली गोरी। 

ए विभावरी!
रहन्ने औँसी नरो!
महिनाभरि। 

फूल चुसेर
मह पार्छ माहुरी
तातो न छारो। 

कमल चुस्न
ज्यानदिन्छ भँवरो
हात्तीको राज।

रिमाल - म्यान्मारका वरिष्ठ नेपालीभाषी साहित्यकार हुन्।

प्रकाशित मिति: : 2020-04-10 00:12:02

प्रतिकृया दिनुहोस्