२०७६ मा कांग्रेस : कमजोर प्रस्तुतिको पुरानै लयमा

नेपाल लाइभ

काठमाडौँ

लिलु डुम्रे

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७६ सालमा समेत आफ्नो पुरानो लयलाई बिर्सन सकेन। कमजोर प्रतिपक्षको आरोपलाई यस वर्ष पनि कायमै राख्यो। आन्तरिक किचलो, संसदमा फितलो प्रस्तुति, भ्रातृ संस्थाको बेथिति, सांगठनिक कमजोरीको निरन्तरता २०७६ मा पनि कायमै रह्यो।

एक पाइला अघि बढेको सन्देश
सरकारको पहिलो वर्षमा नीति तथा कार्यक्रम र बजेटमा मौन स्विकृति जनाएको कांग्रेस वर्ष २०७६ मा केही फरक हुने चेष्टा गर्‍यो। वर्षको पहिलो महिनादेखि नै सरकार विरुद्ध कांग्रेस प्रस्तुत हुन थालेको थियो। सरकारको आलोचना गर्ने मसला कांग्रेसको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम भएको थियो।

प्रकाशित मिति: : 2020-04-13 07:48:26

प्रतिकृया दिनुहोस्