ओली निवासबाट सरकारको प्रतिरक्षा गर्दै गोकुल बाँस्कोटा

नेपाल लाइभ

काठमाडौँ

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बस्दै आएका छन्। कुनै पनि सार्वजनकि पद धारण नगरेका उनी यतिबेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सरकारको प्रतिरक्षामा खडा छन्। सरकारले गरेका हरेक कामको समर्थन गर्दै आएका बाँस्कोटाले आफूले भ्रष्टाचारको आरोप लागेलगत्तै राजीनामा दिएको भन्दै अरुलाई नैतिकवान् बन्न भनिरहेका छन्। 

मन्त्रीबाट ८ फागुनमा राजीनामा दिएपछि बाँस्कोटा आफ्नो निवास लोकन्थली फर्किएका छैनन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटा मन्त्री भएपछि मन्त्रीनिवास पुल्चोकमा बस्ने ठाउँ नभएको भन्दै ओली निवास बालकोट गएर बस्न थालेका थिए। उति नै बेला बाँस्कोटाले आफ्नो एक तलामा तीन कोठा मात्रै भएकाले प्रधानमन्त्री निवास बालकोटमा बस्न बाध्य भएको सार्वजनिक गरेका थिए। तर, पूर्वमन्त्री बाँस्कोटाले आफ्नो घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम फिस्फोट गराएपछि बलकोट बस्दै आएको बताए। ‘मेरो लोकन्थलीको घरमा विप्लवहरूले बम बिस्फोट गराएपछि बस्न मिल्ने अवस्था छैन,’ बाँस्कोटाले भने, ‘अहिले मन्त्री हुँदा बसेको ठाउँ बालकोटमै छु। अन्त कहाँ जाउँ?’

प्रकाशित मिति: : 2020-04-15 18:57:41

प्रतिकृया दिनुहोस्