ड्युटी सकेर फर्केका डाक्टरमाथि प्रहरीको कुटपिट

पीडित डाक्टर भन्छन्- हामी कोरोनासँग लड्ने की प्रहरीसँग?

नेपाल लाइभ

काठमाडौं

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको छ। अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कुटपिट गरेका हुन्।

अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको डाक्टरहरुले बताएका छन्।  कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीले लाठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरु बताउँछन्। 

प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको हो।

प्रहरीले लाठीले प्रहार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चोट लागेको छ। चोटपछि उनको अस्पतालमा एक्सरे गरिएको छ। एक्सरे क्रममा भाँचिएको अवस्था भने देखिएन तर सुन्निएको र रातो दाग रहेको डाक्टर खनालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-15 22:52:33

प्रतिकृया दिनुहोस्