राजनीति गर्न मजदुर संगठन, संकटका बेला मजदुरका नेता मौन

लकडाउनको सवैभन्दा बढी मर्का मजदुरहरुलाई परेको छ। काम नपाएर मात्रै होइन, गरेको कामको समेत पैसा नपाएर दुई छाक खाना जोहो गर्न नसकेपछि उनीहरु पैदलै गाउँको बाटो नापिरहेका छन्। 

लकडाउन रित्ता हाइवेहरुमा कुम्लोकुटिरो बोकेर सयौं किलोमिटरका यात्रामा हिँडिरहेका मजदुरको ताँती भेटिन्छ। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनीहरुका क्रन्दन बोल्ने तस्बिरहरुले भरिएका छन्। श्रव्यदृष्यमा आँशुमिश्रित बोली सुनिन्छन्। तर, उनीहरुका दुःख बुझिदिने र पीडा सुनिदिने कोही भेटिदैनन्। कोही नभएर होइन, भएकाहरु मौन बसिदिएकाले उनीहरु आवाजविहीन हुन पुगेका हुन्। 

प्रकाशित मिति: : 2020-04-16 22:44:36

प्रतिकृया दिनुहोस्