छोरीको हत्या गरेर आत्महत्याकाे बनावटी घटना बनाउने बुवा पक्राउ

आफ्नै छोरीको हत्या गरेर आत्महत्याकाे बनावटी घटना बनाउने बुवा पक्राउ परेका छन्।  

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं‍. १ छप्कैयाटोलका संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई पक्राउ गरेको हो।

गत चैत ११ गते पर्सा वीरगञ्ज महानगरपालिका वडा नं‍. १ छप्कैयाटोलमा बस्ने उनकी ७ वर्षकी छाेरी अंशू कुमारी सरार्फ आफ्नै घरको माथिल्लो तलमा रहेकाे कोठामा रहेको भित्ताको किलामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटना भएलगतै बुवाले अंशुलाई उपचारको लागि नारायणी अस्पतालमा लगेका थिए तर उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका थिए।

सोही दिन जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुसन्धान गर्दा मृतक बालिकाले आफैँ झुण्डिएर आत्महत्या गरेको नभइ उनकै बुवाले घाँटी थिचेर हत्या गरेको खुलेको थियो।

बयानको क्रममा उनले मारेको र आफू कसुरबाट बच्न बनावटी आत्महत्या जस्तो वारदात बनाएको खुलाएका थिए।

प्रकाशित मिति: : 2020-04-19 21:38:30

प्रतिकृया दिनुहोस्