पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बिएल संवाददाता
काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको पहिलाे खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडाैँमकाे जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले। रायनले अविजित रहदै ७३ रन जोडे। गुर्बाजले ५९ रन बनाए। त्यस्तै,राजु रिजाल अविजित १९ रनकाे याेग्दान गरे।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियाे। उसका लागि पवन सर्राफले अर्धशतकीय इनिङ्स खेल्दै ६१ रन बनाए। उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। योगेन्द्रसिंह कार्कीले ३३, शंकर रानाले १४ रन र भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रनको योगदान गरे।
यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ।

पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया