अहिले यस्तो अध्यादेशको आवश्यकता थिएन भन्ने पार्टी धारणा हो : झलनाथ खनाल, वरिष्ठ नेता नेकपा

हिजोको अध्यादेशले किन यत्रो तरंग ल्यायो ? यसले पार्टीलाई भावनात्मक रुपमा फुटायो भन्ने हो ?

अहिले राष्ट्र कोरोनाविरुद्ध सामूहिक युद्ध लडिरहेको छ । यस्तो बेलामा यो अध्यादेश ल्याउने बेला नै होइन । 

बेला त होइन नै, आवश्यकता चाहिँ कति रहेछ नि त यसको ?

आवश्यक पनि होइन । 

तपाईंलाई सरकारले किन ल्यायो जस्तो लाग्छ ? 
त्यो प्रधानमन्त्रीले व्याख्या गरेका छैनन् । 

हिजो सचिवालय बैठकमा उहाँले व्याख्या गर्नु भएन ?

अहँ ।

तपाईंको दृष्टिकोण चाहिँ के हो त ? 

पार्टीलाई यसले केही (फुटाउने वा हानी) गर्दैन । अहिले यस्तो काम गर्ने आवश्यकता थिएन भन्ने नै हो । यो पार्टीको धारणा हो । 

पार्टीले बढी दबाब दियो वा प्रधानमन्त्री नै फेर्ने तहसम्मका निर्णय गर्यो भने संसदीय दलको ४० प्रतिशतको बलमा पार्टी फुटाइदिन्छु भनेर प्रधानमन्त्रीले तयारी गर्नुभयो भन्ने पनि विश्लेषण  छ नि साविक माओवादीको ?

त्यसले के अर्थ राख्छ र ? त्यसले केही अर्थ राख्दैन  । पार्टी आफ्नो ठाउँबाट अगाडि बढिरहन्छ ।

तपाईंको विश्लेषणमा प्रधानमन्त्रीले संख्यात्मक खेल खेल्न सक्नुहुन्न भन्ने हो ?

त्यस्तो खेलको केही अर्थै छैन हाम्रो पार्टीमा ।

सरकारले निर्णय ग¥यो, राष्ट्रपतिबाट जारी पनि भइसक्यो । अब त्यसलाई स्वीकार्नुको विकल्प छैन भन्ने निष्कर्ष हो त त्यसो भए ?

यो राष्टपतिले त्यसलाई अनुमोदन गरिसक्नुभो । पार्टीमा बहसको विषय छ यो । हामीले हिजो बैठक त गर्यौँ । निर्णय केही भएन । बहस छलफल जारी छ । 

यसबारे छलफल गर्न स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठक बोलाउने भन्ने तयारी छ त ?

अहिले केही छैन ।

भनेपछि अब यो संसद्बाट पास गर्नेबेलामा मात्रै मुद्दा बन्छ ?

हो । अब त्यही बेलामा प्रक्रियामा जान्छ । 

प्रकाशित मिति: : 2020-04-21 09:57:28

प्रतिकृया दिनुहोस्