एनआइसी एशियाका ग्राहकलाई आमाको मुख हेर्ने दिन अनलाईनबाट सामान किन्दा १० प्रतिशत नगद फिर्ता

एनआइसी एशिया बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट यस वर्षको आमाको मुख हेर्ने दिन उपहार खरिद गर्दा बिहिबार १० प्रतिशत नगद फिर्ता हुने भएको छ।

उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने बैंकले बताएको छ।

फुडमान्डु, ग्यापु मार्केट प्लेस तथा युजी केक्समार्फत उपलब्ध हुने केक तथा उपहारहरू छुट हुने गरी बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहारको रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता पाउने बताइएको छ।

लकडाउनको समयमा ग्राहकलाई घरमै बसेर अनलाईनबाटै समान किन्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।

प्रकाशित मिति: : 2020-04-22 23:49:04

प्रतिकृया दिनुहोस्