भारतीय फिल्मका स्टार अनिल कपुर ६३ वर्षको उमेरमा ज्यान बनाउन लागेका छन्। कोरोना संक्रमणको आतंकका कारण देश पुरै लकडाउन भएको अवस्थाको फाइदा उठाउँदै उनी शरीर बनाउन लागेका हुन्।
यसको सानो नमुना उनले आफ्नो सोशल साइट इन्स्टाग्राममा बाइसेप्स देखाएर गरे। उनी आफ्ना समर्थकलाई खाली टाइमको सदुपयोग गर्न पनि सल्लाह दिइरहेका छन्।
उनले शरीर बनाउनुको कारण पनि बताएका छन्। उनले भनेका छन्, ‘बुढेसकालमा शरीर फिट राख्न मानिसहरुले अन्य सप्लिमेन्ट प्रयोग गर्ने गर्छन। म सप्लिमेन्टमा धेरै पैसा खर्च गर्नुभन्दा आफ्नो शरीरलाई फिट राख्न सल्लाह दिन्छु।’
उनले आफ्नो ट्रेनर मार्कसँग मिलेर करिब ६ वर्षदेखि शरीरलाई फिट बनाउने कुरामा धेरै विचार भएको तर विभिन्न कारणले सफल नभएको बताए। तर, अहिले मौका जुरेको पनि बताए।
‘पहिले फिल्म गर्ने, ब्राण्ड इन्डोर्समेन्ट र परिवारलाई समय दिनुपर्ने कारण सबै कुरा छुट्ने गथ्र्यो। म तपाईहरुलाई सकरात्मक काम गर्न सल्लाह दिन्छु। आफ्नो शरीरलाई मजबुत बनाउनुस्, इम्युनिटी बढाउनुस्। शरीरमा लचिलोपना ल्याउनुस्। आफ्नो शरीरलाई सम्मान गर्नुस्,’ उनले भने।