चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी

नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

बिहान ११: २० बजे लागेको आगो ११:४५ बजे नियन्त्रणमा लिइएको हो।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: : 2020-04-27 13:39:17

प्रतिकृया दिनुहोस्