लकडाउन उल्लघंन गर्नेकाे संख्या बढ्दाे, एक महिनामा १४ हजार बढी सवारीसाधनलाई कारवाही

डिल्ली पाण्डे

काठमाडाै‌ं

प्रहरीले लकडाउनको उल्लंघन गर्ने १४ हजार बढी सवारीसाधनलाई कारवाही गरेको छ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयका अनुसार लकडाउन सुरु भएकाे चैत ११ देखि वैशाख १५ गते (३४दिन)सम्म १४ हजार ६ सय सवारीसाधनलाई कारवाही गरिएको हो। जसमा १३ हजार ३ सय ८८ दुई पांग्रे र १२ सय २७ चार पांग्रे सवारी रहेका छन्। 

यता मंगलबार दिउँसो मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा उपत्यकाबाट एक हजार ८२ वटा दुई पांग्रे र १ सय ११ वटा चार पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ। 

यस्तै लकडाउन अवधीभर पासको दुरुपयोग गरेर सवारी चलाउने २१ सय १० जनालई कारवाही गरिएको प्रवक्ताको जीवन कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मंगलबार लकडाउन उल्लघंन गर्दै हिँड्ने १६ सय जना कारवाहीमा परेका छन्। तीमध्ये १२ सय ३३ जना पुरुष र ३ सय ६७ जना महिला छन्।

काठमाडौंबाट ७ सय ८१ पुरुष र २ सय ५९ महिला, ललितपुरबाट ३ सय ७० पुरुष र ८४ महिला र भक्तपुरबाट ८२ पुरुष र २४ जना महिलालाई होल्ड गराइएको उनले जानकारी दिए। नियन्त्रणमा लिइएकालाई तीन घन्टासम्म उभ्याएर छाडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आवत जावतमा पूर्णतः रोक लगाइएका छाैं: गृह मन्त्रालय

गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ। जनप्रतिनिधिले आफू खुशी सर्वसाधारण ओसार्न थालेकाले जोखिम बढेको गृहको निष्कर्ष छ। त्यसैले सवारी साधानको आवत जावतलाई पूर्णतः रोक लगाउन निर्देशन दिएकाे छ।

‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन। अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौं।प्रशासनले जारी गरेको सवारी पास नहुने सबैलाई रोक्न भनिएको छ ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने। 

सुरक्षित छ भन्ने मनोविज्ञानका कारणले सर्वसाधारण बाहिर निस्किए: डीआईजी पोखरेल

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले काठमाडौं अन्यत्रभन्दा सुरक्षित छ भन्ने मनोविज्ञानका कारणले पनि सर्वसाधारण बाहिर निस्किने गरेको देखिएको  बताए। 

‘हामीले लकडाउनको समयमा कुनै पनि वहानामा सडकमा नआउनुस् सर्वसाधारणलाई अपिल पनि गरेको छ,’ उनले भने,‘ हामीले कारवाही पनि तिब्र बनाएका छौं।

उनले भने महामारीका वेला कसैले पनि स्थितिलाई नजरअन्दाज गर्न नमिल्ने बताए। यस्तै डीआईजी पोखरेलले बाहिरबाट आएका कुनै पनि नागरिकलाई उपत्यका प्रवेश गर्न नदिने बताए।

अत्यावश्यक काम पर्दा र काठमाडौंमा बस्न असहज भएका केही बाहिर गए पनि भित्रिन नदिने राज्यको नीति भएको भन्दै डीआईजी पोखरेलले बाहिरबाट आएकालाई ‘इन्ट्री’ नभएको बिएल नेपाली सेवासँग बताए। 

‘अत्यावश्यक काम परेका नागरिक भित्रनु परेमा हामीले त्यस्ताको पहिचान गरेर स्वास्थ्य परीक्षण पश्चात क्यारेनटाइनमा राख्ने गरेका छौ, बाँकीलाई इन्ट्री छैन,’ उनले भने। 

काठमाडौं भित्रने नाका थानकोट, भक्तपुर, बल्खुलगायतका क्षेत्रमा प्रहरीले कडाई गरेको उनले जानकारी दिए। ‘केही दिन खुकुलो हुँदा विचल्लीमा परेका सबै मानिसहरु गाउँ गइसकेका छन्। अहिले ठप्प छ,’उनले भने,‘अब सवारी साधन सम्बन्धित जिल्लामै रोकिन थालेका छन्। यसबाट लकडाउन कार्यान्वयनमा थप सहजता हुने विश्वास लिएका छौं।’

कोरोना भाइरसको संक्राण फैलन नदिन सरकारले एक महिनादेखि लकडाउन घोषणा गरेको छ। यो लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ। लकडाउन लम्बिएपछि काठमाडौं छाड्नेहरुको संख्या बढ्न थालेको छ।

सोमबार मात्र पूर्वी नेपाल विराटनगरबाट ७ वटा बसमा काठमाडाैं आएका १६० जनालाई उतै फर्काइएकाे थियाे।

प्रकाशित मिति: : 2020-04-28 22:08:53

प्रतिकृया दिनुहोस्