ऋषि कपुरकी छोरी श्रद्धाञ्जली दिन दुई दिनपछि मुम्बईमा

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधनको दुई दिनपछि छोरी रिद्धिमा घर पुगेकी छिन्। कोरोना भाइरसको संक्रमणका कारण पुरै देश ‘लकडाउन’ को अवस्थामा रहेको बेला उनी बुवाको अन्तिम संस्कारमा समावेश हुन पाएकी थिइनन्। 

उनी दिल्लीमा थिइन भने ऋषिको अन्तिम संस्कार मुम्बईमा गरिएको थियो। उनलाई गृह मन्त्रालयले मुम्बई जाने स्विकृति दिए पनि लामो यात्राका कारण उनले बुवाको मुख हेर्न पाइनन्। 

ऋषि आफ्नो छोरीसँग निकै नजिक थिए। रिद्धिमाको दिल्लीमा व्यवसाय छ। उनी मे १ को बिहान दिल्लीबाट मुम्बईका लागि हिडेकी थिइन। उनी १४ सय किलोमिटरको यात्रा ३६ घण्टामा पुरा गरेर शनिबार राती मुम्बई पुगेको बताइएको छ। 

छोरीको आगमनपछि ऋषिको निधनको चौथो दिन आइतबार पालीमा रहेको घरमा परिवारका सबै सदस्य बसेर पुजापाठ भएको थियो। पुजामा ऋषिकी श्रीमती तथा पूर्व अभिनेत्री नितु सिंह, छोरा रणबीर कपुर पनि समावेश थिए। 
 

प्रकाशित मिति: : 2020-05-03 18:37:28

प्रतिकृया दिनुहोस्