बजेट २०७७/०७८-अधुरा आयोजना खोज्दै योजना आयोग

नेपाल लाइभ

काठमाडौं

सविन मिश्र

राष्ट्रिय योजना आयोगले संघीय सरकारअन्तर्गत सञ्चालित सम्पूर्ण अधुरा आयोजनाको विवरण खोजेको छ। विकास व्यवस्थापनलाई नतिजामुखी बनाउन र बजेट व्यवस्थापन प्रभावकारी बनाउन आयोगले अधुरा आयोजनाको विवरण खोजेको हो। 

संघीय सरकारअन्तर्गतका सबै मन्त्रालयसँग चालु आयोजनाका विवरण माग गर्ने निर्णय आयोगको बैठकले गरेको थियो। त्यसैअनुसार आयोगले आयोजना विवरण बुझाउन परिपत्र गरेकाे छ। 'हामीले सबै मन्त्रालयसँग चालु अवस्थामा रहेका आयोजनाको विवरण आयोगले निर्धारण गरेको ढाँचाअनुसार उपलब्ध गराउन भनेका छौँ,' आयोगका सदस्य सुशील भट्टले भने। 

प्रकाशित मिति: : 2020-05-04 09:43:46

प्रतिकृया दिनुहोस्