वुद्धजयन्ती तथा वैशाख पूर्णिमा

आज भगवान बुद्धको जन्म जयन्ती।

आजकै दिन बोधिज्ञान (निर्वाण) प्राप्त।

आजकै दिन महापरिनिर्वाण । अनौठो दूर्लभ संयोग।

 बालकको नाम संस्कार पाँच दिनमा-नाम सिद्धार्थ।

ब्राह्मणहरूको घोषणा, 'महलमै रहे चक्रवर्ती सम्राट हुनेछन्, गृहत्याग गरेर सन्यासी भए बुद्ध हुनेछन् र संसारलाई अन्धकारबाट मुक्त गराउनेछन्।’

सात दिनमा आमा महामायाको निधन। सिद्धार्थलाई कान्छी आमा प्रजावतीले हुर्काइन्। गौतम गोत्रमा जन्मिएकाले सिद्धार्थ गौतम। सबै प्रकारका विद्याहरू आर्जन। १६ वर्षको उमेरमा कोलीय वंशकी १६ वर्षकै राजकुमारी यशोधरासँग विवाह भयो। ब्राह्मणहरूको भविष्यवाणीले संत्रस्त शुद्धोधन। दुःख र कष्टको अनुभव नहोस भनेर रम्य, सुरम्य विलासी भवनहरू निर्माण । २९ वर्षमा यशोधराले छोरो जन्माइन-- राहुल।

एकदिन आफ्नो सारथी लिएर नगर घुम्ने क्रममा सिद्धार्थले देखे-- वृद्ध,रोगी र शवयात्रा । एकदिन सबैको यही हाल हुन्छ भन्ने बोध ।  फेरि एकदिन प्रसन्न र शान्त मुद्रामा हिँडीरहेका महात्माको दर्शन।

जन्म र मृत्युको भयबाट मोक्ष प्राप्त गर्ने इच्छाले गृह त्यागेको भन्ने अवगत । राहुल जन्मिएको सात दिनमा २९ वर्षकै उमेरमा गृहत्याग जसलाई महाभिनिष्क्रमण भनिन्छ।

 अनेकन ऋषि, मुनि, साधु, सन्तहरूसँग दर्शन भेट। योगविद्या, ध्यानविधि र दर्शनहरूको ज्ञान उपलब्ध।

६ वर्षसम्म कठोर तपस्या । यो व्यर्थ ठान्नुभयो । कठोर नियमलाई त्यागेर मध्यममार्गको अवलम्बन।

 ध्यानमा बसेका सिद्धार्थलाई उरूबेला गाउँकी सुजाता नामक कन्याले वृक्षदेवता ठानी क्षीरपात्र दान गरिन्। यो सिद्धार्थको अन्तिम भोजन थियो। यही भोजनपश्चात सिद्धार्थलाई बोधिज्ञान प्राप्त भय‍ो। वैशाखपूर्णिमाको रात्रिका विभिन्न याममा सिद्धार्थले ज्ञान हासिल गरी बुद्ध हुनुभयो -- ३५ वर्षको उमेरमा।

बोधिप्राप्तपश्चात बुद्धले आफूलाई "तथागत" (जसलाई तत्वज्ञान भएको छ )भन्नुभयो ।

 बुध धातुबाट बनेको बुद्धको अर्थ हो बुझेको।

आफूले पाएको ज्ञानलाई बुद्धले सर्वप्रथम सारनाथमा पंचवर्गीय भिक्षुहरूलाई सुनाउनु भय‍ो। मध्यमार्ग नै श्रेयस्कर बताउनुभय‍ो। यसपछि बुद्धले आफूले प्राप्त गरेको ज्ञानोपदेश र धर्मदेशना दिने क्रममा आफ्नो जीवनका ४५ वर्ष विताउनुभयो ।

८० वर्षको उमेरमा भगवान बुद्ध कुशीनगरमा वैशाखी पूर्णिमाकै दिन परिनिर्वाण हुनुभयो।

प्रकाशित मिति: : 2020-05-07 23:11:27

प्रतिकृया दिनुहोस्