जरा गाडेको भ्रष्टाचार कसरी निर्मूल गर्ने?

नेपाल लाइभ

काठमाडौँ

 

दिवाकर गौतम

सार्वजनिक पदको दुरुपयोग गरी प्रचलित ऐन, कानुनद्वारा वर्जित कार्य गर्न शक्त्ति र सम्पत्ति आफ्नो पक्षमा हत्याउने क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ। सार्वजनिक पद धारण गरेका उच्च ओहोदामा विरासतदेखि न्यूनस्तरमा कार्यरतसम्मका व्यक्तिले गर्ने भ्रष्टाचारसम्मको वस्तुस्थति अध्ययन गरी ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वभरको प्रतिवेदन प्रकाशित गर्दै आएको छ। राज्यकोषको अनैतिक र अवैधानिक दोहनबारे आवाज उठाउँदै आएको यो संस्थाले सन् २०१९ मा प्रकाशित गरेको विवरणअनुसार नेपालले ३४ अंक प्राप्त गरेर ११३औं स्थानमा छ। यसको अर्थ नेपालमा चरम भ्रष्टाचार छ भन्ने हो। 

मूलतः शासकको भ्रष्ट सोच, नीतिगत भ्रष्टाचार, नोकरशाही दलाल पुँजीवाद, अनियमिता, अपारदर्शिता, एवम् स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा हुने घुसखोरीको भागीदारी नागरिकले हुनुपर्छ। राज्यकोषमा ब्रह्मलुट मच्चाएर कालोधनबाट समाजमा आनवश्यक तडकभडक देखाउने हुनाले भ्रष्टाचारले सामाजिक सहिष्णुतासमेत धरापमा पार्दै गइरहेको छ।

प्रकाशित मिति: : 2020-05-10 19:04:29

प्रतिकृया दिनुहोस्