मोदीको जन्मदिनमा ट्विट गर्ने ओली सीमा मिचिँदा किन बोल्न सक्दैनन्? : ऋषिराज लुम्साली [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

वि. सं. २०५५ मा ऋषिराज लुम्साली भारतले आफ्नो भनी दाबी गरिरहेको नेपाली भूमि कालापानीमा मार्चपास गर्दै पुगेका थिए। स्वतन्त्र रुपमा बनेको सीमा अतिक्रमण प्रतिरोध समिति अन्तर्गतको ऐतिहासिक तथ्य खोजी टोलीको सदस्य थिए उनी। सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्षसमेत बनिसकेका लुम्साली वामपन्थी राजनीतिमासमेत सक्रिय थिए। कञ्चनपुर जिल्ला विकास समिति सभापति बनिसकेका उनी महाकाली सन्धिलाई लिएर २०५४ सालमा तत्कालीन एमाले विभाजित हुँदा मालेतर्फ लागेका थिए। 

लुम्साली मालेतिर लागेर नेपालको सीमाबारे खोज अनुसन्धान र जनता जगाउन निरन्तर सक्रिय भए। कालान्तरमा माले तत्कालीन एमालेमा मिसिन गयो। तर लुम्साली एमाले फर्किएनन्। भारतीय सीमा अतिक्रमणविरुद्धको अभियानमै सक्रिय भए। सीमाका विषयमा उनले पुस्तकसमेत प्रकाशन गरे। ७३ वर्षको उमेरमा पनि नेपाली भूमि फिर्ता गर्ने विषयमा आवाज उठाइरहेका ऋषिराज लुम्सालीसँग डिबी खड्काले गरेका संवादको सम्पादित अंश:

प्रकाशित मिति: : 2020-05-11 20:36:58

प्रतिकृया दिनुहोस्