सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिज

नेपाल लाइभ

काठमाडौं

शिव बोहरा

अर्थमन्त्री डा युवराज खतिवडालाई मितव्ययी मन्त्रीका रूपमा चिनिन्छ। अन्य मन्त्रीहरुले पदको दुरुपयोग गर्दै अनावश्यक सुविधा लिए पनि अर्थमन्त्रीले तोकिएभन्दा बढी नलिएकोमा उनको प्रशंसा भएको थियो। 

तर उनै खतिवडाले बनाएको बजेट तर्जुमा दिग्दर्शन २०७५ विपरीत गाडी सुविधा लिइरहेका छन्। खतिवडा अर्थमन्त्री भएपछि संशोधन भएको दिग्दर्शनमा मन्त्रीहरुले १६ सय देखि २ हजार सिसीसम्मका सवारी चढ्न पाइने स्पष्ट व्यवस्था गरिएको छ। ‘नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख, पदाधिकारी/मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने’ उल्लेख छ। 

प्रकाशित मिति: : 2020-05-13 09:48:06

प्रतिकृया दिनुहोस्