नक्कली भुटानी शरणार्थी प्रकरण

‘प्रहरी खाेर’मा रहेका टोपबहादुर रायमाझीले बयानमा के–के भने ? (पूर्णपाठ)

नेकपा (एमाले)का निलम्बित सचिव एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा उनी प्रमुख योजनाकार रहेको प्रहरीले दाबी गरे पनि उनले आफू यो प्रकरणमा संलग्न नरहेको दाबी गर्दै आएका छन्।

उनले बयानका क्रममा गिरोहबाट कुनै रकम नलिएको, गोसाइँकुण्ड घुम्न जाने क्रममा शरणार्थी प्रकरणबारे कुरा नै नभएको, पक्राउ परेका अभियुक्तहरुसँग छिमेकीको रुपमा नजिक भएको बताएका छन्।

प्रहरीलाई दिएको बयानमा उनले गिरोहसँग कुनै रकम नलिएको र प्रतिवादीहरुको डायरीमा आफ्नो नाम कसरी आएको हो भन्ने थाहा नभएको बताएका छन्। ‘प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक–पटक मलाई रकम दिएको भनि लेखिएको कुरामा सत्यता छैन। निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन। सो रकम मैल लिएको छैन,’ उनले बयानमा भनेका छन्।

यस्तो छ टोपबहादुर रायमाझीको बयान :

प्रतिवादी केशवप्रसाद दुलालसँग सुजताका कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो। प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो। प्रतिवादी टेकनारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। प्रतिवादी इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। प्रतिवादी बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ। भुटानी शरणार्थीसम्बन्धी समास्याको स्थायी र दीर्घकालीन समाधनको उपायहरु पहिलाउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदलमा गठन भएकासम्म जानकारी छ। सो बाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उहाँहरुले जान्ने कुरा हो, मलाई जानकारी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन। सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्ने छन्। प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक–पटक मलाई रकम दिएको भनि लेखिएको कुरामा सत्यता छैन। निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन। सो रकम मैल लिएको छैन। मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीपले दिएको बयानबाट नै देखिन्छ। मलाई रकम भन्ने जति सबै विवरणहरु छन्, त्यसमा कुनै आधार र सत्यता छैन। निजले ठुलो रकमको चेक काटेर आफ्नै घरमा राखेरको सवाल हो वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के कुन प्रयोजनका लागि लेखेका हुन् ? मलाई जानकारी भएन्। प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो। व्यवसायिक साथीहरुले हेलीको व्यवस्था गरेका छन, गोसाइँकुण्ड गइ फ्रेस भएर आउनु प¥यो भनि मलाई प्रतिवादी केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरुले धेरै समय लाग्दैन, जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्रै हो भनेको हुँदा म निजहरुको कुरामा सहमत भई गोसाइँकुण्ड गइ फोटो खिचि फर्केका हौँ, म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिएँ, इन्द्रजित राईलाई पहिले पहिलेदेखि चिनेका व्यक्ति हुन्, काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्राय इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ। मिति २०७७÷०९÷१६ गतेमा आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरेँ, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेँको हुँ, कर्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका छ छैनौ भनि सोध्दा निजहरुले हामीले पूर्वका मानिस हौँ शरणार्थीका लागि पनि डुप्लिकेट काम गर्छौँ होला ? भनि प्रतिवप्रश्न गरेका थिए। इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराई दिएको भन्ने कुरा सत्य होइन। भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ। उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सह–सचिव समेत भएको हुँदा चिनजान थियो। यो विषयमा सुरुदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु। बाँकी रहेक पीडित भुटानी शरणार्थीहरुको दीर्घकालीन समस्याको समाधान हुनुपर्छ। भन्ने मेरा धारण रही आएको छ। गैरभुटानी शरणार्थीलाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ। मेरो छोरो पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ, कदम रोकिएको मात्र हो, आफैं आउने क्रममा सम्पर्कमा थिएँ।

प्रकाशित मिति: : 2023-05-24 13:40:00

प्रतिकृया दिनुहोस्